Buy the best images of Nepal

ID: 60232

Photo Kathmandu 2025 A Global South Solidarity Photography Festival in Nepal

The biennial “Photo Kathmandu” photography festival is currently underway in Kathmandu, Nepal, bringing together photographers, researchers, educators, and cultural practitioners from across South Asia. Organized by Photo Circle, an interdisciplinary arts organization that also runs the Nepal Picture Library, the 2025 edition focuses on “Global South Solidarities.” Featuring over 30 artists from Nepal and regions stretching from Santiago to Dakar, the festival includes exhibitions, workshops, talks, panel discussions, portfolio reviews, and film screenings across Kathmandu Valley. Major exhibitions are being held at Nepal Art Council, Patan, Kirtipur, Naxal, and Thimi, continuing until December 14, 2025.
हरेक दुई वर्षमा काठमाडौँ, नेपालमा हुने “फोटो काठमाडौँ” फोटो महोत्सव चलिरहेको छ । विशेषगरी दक्षिण एसियाका फोटोग्राफर, शोधकर्ता, शिक्षक एवं सांस्कृतिक आयोजकहरूलाई एकै ठाउँमा ल्याउने यो अन्तर्राष्ट्रिय प्रदर्शनीले राजनीतिक जीवनमात्रै नभइ इतिहास तथा भविष्य कोर्नमा तिनको भूमिकालाई पनि केलाउने कोसिस गर्ने गरेको आयोजकले जनाएका छन् ।

यो प्रदर्शनी काठमाडौंस्थित फोटोग्राफर तथा अन्य दृश्य अभ्यासकर्ताको समुदाय एवं साझा मञ्चको रूपमा क्रियाशील रहेको फोटो सर्कलले आयोजना गर्छ । फोटो सर्कलले नेपाली सामाजिक र सांस्कृतिक इतिहासको अभिलेख राख्ने, अनुसन्धान र प्रसार गर्ने काममा समर्पित रहेको डिजिटल अभिलेखालय नेपाल पिक्चर लाइब्रेरी पनि सञ्चालन गर्छ ।

यो पटकको “फोटो काठमाडौँ”को संस्करण “ग्लोबल साउथका ऐक्यबद्धता” विषय वरिपरि तयार गरिएको छ । “हामीलाई आशा छ – यस वर्षको हाम्रो भेलाले तेस्रो विश्वका कलाकार र सांस्कृतिक समुदायबीच समझदारी गहिरो बनाउनेछ, हाम्रा इतिहास, कथा, संघर्ष र आशाहरू साझा गरेर पारस्परिक अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई बलियो बनाउनेछ अनि दक्षिण-दक्षिण सहकार्य र विभिन्न भूभागबीच आदानप्रदानका नयाँ मार्गसमेत खोल्नेछ ।” फोटो सर्कलले आफ्नो प्राक्कथनमा भनेको छ ।

संगठन स्थापनाको एक दशक पुगेको अवसरमा फोटो सर्कलले एक महिने फोटो प्रदर्शनी आयोजना गरिरहेको छ जुन मंसिर २८ सम्म चल्नेछ । यो अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला, कलाकारसगँ वार्ता, प्यानल छलफल, पोर्टफोलियो समीक्षा र फिल्म प्रदर्शनी भइरहेका छन् ।

यो वर्ष काठमाडौँको नेपाल कला परिषद्लाई महोत्सवको मुख्य स्थलको रूपमा महिनाभरका लागि राखिएको छ । यसका साथै, पाटनको मङ्गाहिति र च्यासल, कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय, नक्सालको नन्दीकेशर बगैँचा र थिमि (मध्यपुर) को निगू पुखुमा पनि प्रदर्शनी आयोजना भइरहेको छ ।

अहिलेको संस्करणमा नेपाली फोटोग्राफर तथा फिल्म निर्माताहरूका साथै स्यान्टियागोदेखि लुबुम्बासी र क्विटोदेखि डकारसम्मका ३० भन्दा बढी नेपालीसहित ग्लोबल साउथका कलाकारको सिर्जना प्रस्तुत गरिदैछ ।

प्रदर्शनीमा यास्मिन इद-सब्बाग/रोजेन क्विरीको ‘सम्भाव्य र काल्पनिक जीवन’, इसाडोरा रोमेरोको ‘हुमो, सेमिल्ला, राइज’ (इक्वेडर), अहमद अलाक्राको ‘हामीबीच, एउटा धागो’ (रामल्लाह), सियोना ओकोनेलको ‘सहिदहरू, सन्तहरू र गद्दारहरू’ (दक्षिण अफ्रिका), तस्लिमा अख्तरको ‘गार्मेन्ट कामदारहरूको जीवन र संघर्ष’ (बंगलादेश) पनि प्रदर्शनमा राखिएको छ ।

सन् २००७ मा स्थापित काठमाडौँस्थित फोटो सर्कल कलाकारको नेतृत्वमा रहेको एक अन्तरविषयक संगठन हो। यसले सामाजिक परिवर्तनमा संलग्न हुन दृश्य कथाकार, अनुसन्धानकर्ता, शिक्षक, अभियानकर्मी तथा अन्य सांस्कृतिक निर्माताका लागि स्रोतको सिर्जना गर्दै आएको छ ।

Purchase a License
select size/format
Editorial use only
imagepasal
@imagepasal

Related Photos